२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

लेबनानमाथि इजरायलले गर्‍यो हवाई आक्रमण

इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ । लेबनानबाट इजरायलमाथि केही रकेट हमला भएपछि प्रतिकारमा उसले पनि यस्तो आक्रमण गरेको हो । आफूले दक्षिणी लेबनानमा रहेको दर्जनौँ रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।


इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् ।



तर इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन । इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।

इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको इजरायली सेनाले उत्तरी बताएको छ ।  यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको र यसमा आफ्नो कुनै भूमिका नभएको हिजबुल्लाहले भनेको छ । आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको समूहको भनाई छ ।





  • प्रकाशित मिति : १० चैत, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया