१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हुथीको आरोप : अमेरिकाले यमनी विमानस्थलमा आक्रमण गर्‍यो

संयुक्त राज्य अमेरिकाले होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् । 


हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी तीनवटा आक्रमण भएको जनाएको छ । 



बुधबार संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो ।

मार्च १५ मा संयुक्त राज्य अमेरिकाले हवाई आक्रमणको एक श्रृङ्खलाको घोषणा गरेको थियो जसमा अधिकारीहरूले वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 



विद्रोहीहरूले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपछि र ट्रम्पले कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकाको यो आक्रमण भएको हो । 



  • प्रकाशित मिति : १० चैत, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया