शैक्षिक मेला उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– निजी क्षेत्रलाई खतरामा पारिनेछ

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क भएपछि निजी विद्यालय आफैँ बन्द हुने बताएक छन् । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने स्पष्ट पार्दै उनले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने बताएका हुन् । 

उनले भने, ‘प्रतिस्पर्धाको जमाना छ । मैले निजी क्षेत्रलाई भनेको छु– निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयको स्तर माथि उठाएपछि निजी विद्यालयमा कोही पनि पैसा बुझाउन नआउँदे ठोकुवा गर्दै ओलीले भने, ‘जब सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तब निजी विद्यालय आफैँ बन्द हुन्छन् ।’





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १७:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया