काठमाडौं– भारतीय निर्वाचनमा जितको नजिक पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोनमार्फत पनि बधाई दिएका छन् ।
यसअघि ओलीले ट्विटरमार्फत समकक्षी मोदीलाई बधाई दिएका थिए ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले मोदीलाई फोन गरेर बधाई दिँदै आगामी कार्यकालको सफलताको कामना गरेका थिए ।
आमनिर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।