२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश

दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उनलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ । 


राष्ट्रपति युन सुक येओलले डिसेम्बरमा नागरिक शासनलाई उल्टाउने अल्पकालीन प्रयासबारे अदालतको यो फैसला दक्षिण कोरियाको जटिल राजनीतिक सङ्कटको पछिल्लो विकासक्रम हो । 



दक्षिण कोरियाली सांसदहरूले संसद्मा सशस्त्र सैनिकहरूको अवज्ञा गर्दै डिसेम्बर ३ मा युनको सैन्य शासन घोषणालाई अस्वीकार गर्दै उनीविरूद्ध महाभियोग लगाएपछि हानलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो । 

त्यसको केही हप्तापछि नै सैनिक शासनको पराजय र न्यायिक नियुक्तिको विवादमा उनको संलग्नता देखाउँदै उनीविरूद्ध पनि महाभियोग लगाइएको थियो । 



‘संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सोविरुद्धको महाभियोगको निवेदन अस्वीकार गर्ने निर्णय गरेको छ,’ अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अदालतले हानको महाभियोगविरुद्धको सुनुवाईमा पाँच न्यायाधीशमध्ये एक जना मात्र महाभियोगको पक्षमा देखिएका थिए भने दुई जना न्यायाधीशले हानलाई महाभियोग लगाउन सांसदहरूसँग बहुमत नभएकाले यो मुद्दा अदालतमा आउन नहुने तर्क गरेका थिए। 



  • प्रकाशित मिति : ११ चैत, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया