नयाँ दिल्ली– भारतीय लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ भाजपाको भारी अग्रता देखिएसँगै विश्वभरबाट प्रधानमन्त्री मोदीलाई बधाईको ओइरो लागेको छ ।
यसै क्रममा भारतसँग कटुतापूर्ण सम्बन्धमा रहेको छिमेकी मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाई दिएका छन् ।
केहीबेरअघि ट्विटमार्फत मोदीलाई बधाई दिँदै इमरानले लेखेका छन्, ‘दक्षिण एसियामा शान्ति, समृद्धि र प्रगतिका लागि उनीसँग काम गर्न चाहेको छु ।’
I congratulate Prime Minister Modi on the electoral victory of BJP and allies. Look forward to working with him for peace, progress and prosperity in South Asia
— Imran Khan (@ImranKhanPTI) May 23, 2019
चुनावअघि पनि इमरानले फेरि एकपटक मोदी नै सत्तामा आउनुपर्ने आशय प्रकट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।