१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

दलहरूबीच सहमति नजुट्दा मधेस प्रदेशसभा बैठक अनिश्चित

दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । 


प्रदेश सभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।



प्रदेश सभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिए । 

मधेस प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताए ।  





  • प्रकाशित मिति : १२ चैत, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया