प्रतिपक्ष दलहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्ष दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।
उनीहरूले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राखेका छन् ।
सांसद गोपीबहादुर सार्की अछामीले भने, ‘कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई ?’
लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ । बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।