याे सिजनमा ३५० बढी सगरमाथाकाे चुचराे पुगे

काठमाडाैं– याे सिजनका लागि सगरमाथाकाे आराेहण खुल्ला गरेपछि अहिलेसम्म ३५० भन्दा बढी चुचुराेमा पुगेका छन् । याे संख्या इतिहासकै सबभन्दा बढी रहेकाे पर्यटन विभागले जानकारी दिएकाे छ । 

पर्वतारोहण शाखाका अनुसार याे सिजनमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्। 

सगरमाथा आरोहण इतिहासमा यस पटक सबभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो पुगेकाे विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्।

यस वर्षकाे सगरमाथा आरोहण गत वैशाख ३१ गतेबाट खुला गरिएकाे थियाे । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८४८ मिटर अग्लो सगरमाथामा पहिलो पटक पाइला टेकेदेखि अहिलेसम्म ८ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन्।

आरोहणकै क्रममा अहिलेसम्म करिब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक पर्यटन विभागसँग छ।





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार ८:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया