एजेन्सी– विश्वकप २०२२ मा सहभागी हुने फुटबल टिमकाे संख्या बढाएर ४८ पुर्याउने निर्णय रद्द भएकाे छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) काे निर्णयसँगै विश्वकपमा सहभागी हुने टिमकाे संख्या ३२ नै रहनेछ ।
यसलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोका लागि धक्का मानिएको छ । टिमकाे संख्या बढाउने याेजना अध्यक्ष इन्फान्टिनाेकै थियाे ।
फिफाले लामो गृहकार्यपछि यो निर्णय गरेको जनाउँदै तत्काल सहभागी टिम बढाउनु ठीक नहुने निष्कर्ष निकालेको बीबीसीले उल्लेख गरेकाे छ ।
FIFA World Cup Qatar 2022™ to be played with 32 teams
— FIFA Media (@fifamedia) May 22, 2019
https://t.co/zSPDenmm2k
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।