प्रदेश सरकारले वर्षमा ६ दिनभन्दा बढी बिदा दिन नपाउने

काठमाडौं– प्रदेश सरकारले मनलाग्दी बिदा घाेषणा गर्न थालेपछि गृह मन्त्रालयले बिदाकाे सीमा ताेकेकाे छ । मन्त्रालयले प्रदेश सरकारले वर्षको ६ दिनभन्दा बढी  बिदा दिन नपाउने व्यवस्था गरेकाे छ।

प्रदेश सरकारहरुले विभिन्न चाडपर्व, जयन्ती र दिवसका नाउँमा जथाभावी तरिकाले बिदा घोषणा गर्न थालेपछि मन्त्रालयले गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ६ दिनभन्दा बढी बिदा लिन नपाउने जानकारी दिएकाे हाे । 

तर प्रदेशले घोषणा गरेका बिदा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका सरकारी कार्यालयमा लागू हुने छैन। भने अन्य जिल्लाका सरकारी कार्यालयमा भने लागू हुनेछ । 

यदि ६ दिनभन्दा बढी बिदा लिन आवश्यक परेमा गृह मन्त्रालयसँग स्वीकृति लिनु पर्नेछ । मन्त्रालयले २०७६ को सार्वजनिक, पर्व एवं सट्टा बिदा यसअघि नै घोषणा गरिसकेको छ।





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार १०:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया