निर्वाचनमा बलिउड कलाकार–मथुराबाट हेमा मालिनी, पन्जाबबाट सन्नी देवल विजयी

काठमाडौँ – भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट उमेद्वार रहेकी बलिउड अभिनेत्री हेमा मालिनी विजयी भएकी छन् । 

उनी उत्तरप्रदेशकाे मथुराबाट चुनावमा सहभागी थिइन् । भारतीय चुनाव उनकाे याे दाेस्राेपटककाे विजय हाे । आफू विजयी भएपछि हेमाले खुशी व्यक्त गर्दै मथुराबासीलाई धन्यवाद दिएकी छन् । 

भारतीय चलचित्र क्षेत्रमा नरेन्द्र माेदी र भारतीय जनता पार्टीकाे निकै प्रभाव परेकाे दखिन्छ । बलिउडका अर्का हस्ती सन्नी देवल भाजपाबाटै पन्जाबकाे गुरुदासपुर क्षेत्रका उमेद्वार थिए । उनले पनि चुनाव जितेका छन् । यस क्षेत्रमा पहिला पनि अभिनेता विनाेद खन्नाले भाजपाबाटै राजनीति गर्दै आएका थिए । उनकाे निधनपछि सन्नीलाई टिकट दिइएकाे थियाे । 

यीबाहेक भाजपाबाट चुनावी मैदानमा उत्रिएका हंसराज हंस, मनाेज तिवारी, बाबुल सुप्रियाेलगायतका कलाकारहरु प्रतिद्वन्द्वीभन्दा अगाडि रहेका छन् । भने भाजपा छाेडेर कांग्रेस प्रवेश गरेका सत्रुघ्न सिन्हा भने भाजपाका प्रतिद्वन्द्वी रविशंकर प्रसादभन्दा पछाडी रहेका छन् । 



तर समाजवादी पार्टी छोडेर भाजपाबाट रामपुर क्षेत्रकी उमेद्वार जया प्रदालाई भने समाजवादी पार्टीका आजम खानले पछाडी पारेका छन् । 




  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार १०:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया