विप्लव समूहका घाेराही नगर इन्चार्जले पार्टी परित्याग गरे

दाङ – नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन्।

घोराहीमा पत्रकार सम्मेलन गरेर आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै उनले राजीनामा दिएको जानकारी दिए । 

उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताए। उनलाई प्रहरीले बैशाख १३ गते सार्वजनिक अपराधकाे मुद्दा लगाउँदै गिरफ्तार गरेकाे थियाे र उच्च अदालत तुलसीपुरले पछि रिहा गर्न आदेश दिएपनि उनी प्रहरीकाे निगरानीमा थिए । 





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार १०:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया