काठमाडाैं– महानगरीय प्रहरी अपराध महाशाखाले धम्की दिँदै रकम असुल्न खाेज्ने एक जाेडीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी २० वर्षिय प्रेमिका रूबी ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार गाैशालाबाट पक्राउ गरेकाे हाे ।
महाशाखा प्रमुख सहकुल थापाका अनुसार उनीहरूले सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगर बस्ने औषधी व्यवसायी ४२ वर्षिय सिताराम कार्कीलाई ५ लाख रुपैयाँ नदिए छाेरा अपहरण गरेर मारिदिने भन्दै एसएमएस मार्फत धम्की दिने गरेका थिए।
प्रेमिका रूबी ठाकुरको योजना अनुसार शाहीले एसएमएस मार्फत धम्काउने गरेको उनले बताएका छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।