नयाँ दिल्ली– भारतको गुजरात राज्यको सुरतस्थित तक्षशिला कम्प्लेक्समा आगो लाग्दा १० जनाको ज्यान गएको छ । विद्युत् सर्ट भएर आगो लागेको स्थानीय प्रहरीको अनुमान छ ।
दिउँसो एक्कासि आगलागी भएपछि ज्यान बचाउन कतिपय मानिस कम्प्लेक्सको चौथो तल्लाबाट हाम फालेका थिए ।
मिडिया रिपोर्टअनुसार कम्प्लेक्समा दर्जनजति मानिस फसेका छन् । घटनाबारे थप विवरण आउने क्रममा रहेको भारतीय मिडियाले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।