[भारत] स्वास्थ्यका कारण विश्राम लिँदै अरुण जेटली, अमित शाह बन्न सक्छन् नयाँ वित्तमन्त्री

नयाँ दिल्ली– दोस्रो मोदी सरकारमा अरुण जेटली वित्तमन्त्री नरहन सक्ने मिडिया रिपोर्टहरुले देखाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार जेटली स्वास्थ्य समस्याका कारण अबको सरकारमा वित्तमन्त्रीको जिम्मेवारी नलिने सोचमा छन् । अब उनी कम तनाव हुने कुनै जिम्मेवारीमा रहन चाहन्छन् । 

गतवर्ष मिर्गौला प्रत्यारोपण गरेयता ६६ वर्षे जेटलीको स्वास्थ्य त्यति ठीक छैन । वकालतबाट राजनीतिमा आएका जेटली भाजपाका संकटमोचक नेता हुन् । उनले थुप्रै विवादित विषयमा भाजपाको बचाउ गरेका छन् । पछिल्लो पाँच वर्ष मोदी सरकारमा उनले वित्तका साथै रक्षा र सूचना एवं प्रसारण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

विभिन्न चार स्रोतको हवाला दिँदै रोयटर्सले उल्लेख गरेअनुसार, अरुणको ठाउँमा वरिष्ठ मन्त्रीका रुपमा भाजपा अक्ष्यक्ष अमित शाहले वित्त मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना प्रबल छ ।

उसो त यो मौका पियुष गोयलले पनि पाउन सक्छन् । जेटली बिरामी हुँदा यसअघि पनि पियुषले दुईपटक वित्त मन्त्रालय सम्हालिसकेका छन् । फेब्रुअरीमा वित्तमन्त्री जेटली उपचारका लागि अमेरिका रहँदा पियुषले नै अन्तरिम बजेट पेस गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार १९:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया