एजेन्सी– आमाका लागि बच्चाको आवाज कुनै अमृतभन्दा कम हुँदैन । आमा र बच्चाको सम्बन्धजस्तो अर्को सम्बन्ध दुनियाँभर कहीँ हुँदैन । बच्चाको रेखदेका लागि केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । नवजात शिशुको हेरचाहका लागि यस्ता कुरामा ध्यान दिनुपर्छ:
बिर्सिएर पनि नहल्लाउनु बच्चाको टाउको
नवजात शिशुलाई कहिल्यै पनि त्यत्तिकै नहल्लाउनुहोस् । शिशुलाई हल्लाउनाले उसको मस्तिष्कमा रक्तश्राव हुन सक्छ । यदि तपाईं बच्चालाई निद्राबाट ब्युझाउन चाहनुहुन्छ भने उसको खुट्टामा कुतकुती लगाउनुहोस्, या त गालामा बिस्तार छुनुहोस् ।
बच्चालाई मालिस गर्नु अनिवार्य
बच्चालाई मालिस गर्दा अति सावधानी अपनाउनुपर्छ । मालिस गर्नाले बच्चाको शारीरिक विकास हुनुका साथै हड्डी पनि दरिलो हुन्छ । बच्चालाई मालिस गर्दा जोडसँग नगरी, हल्कासँग गर्नुपर्छ । जोडसँग मालिस गर्नाले बच्चालाई असर पर्न सक्छ । मालिसका लागि जैतुनको तेल, बदामको तेल या बेबी ओइल प्रयोग गर्नु ठीक हुन्छ ।
आमाको दूध उत्तम
नवजात शिशुका लागि आमाको दूध अमृतसमान हुन्छ । आमाको दूध बच्चाको पहिलो आहारा पनि हो । यसले बच्चालाई कैयौं रोगबाट बचाउने शक्ति दिन्छ । हरेक आमाले नवजात शिशुलाई स्तनपान गराउनुपर्छ । आमाले बच्चालाई तबसम्म दूध खुवाउनुपर्छ जबसम्म बच्चा सन्तुष्ट हुँदैन । ६ महिनासम्मका बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ ।
बच्चा रोएमा गाली नगर्नुहोस्
जब बच्चा रुन्छ आमाहरू बच्चालाई केही असहज भएको भन्ने सम्झिन्छन् । तर बच्चा रुनु उनीहरूका लागि एउटा अभ्यास पनि हो । बच्चा रोयो भन्दैमा उसलाई गाली गर्ने तथा कुट्ने गर्नु हुँदैन । तर, बच्चा एकनाससँग रोइरहेमा डाक्टरको परामर्श लिनु उत्तम हुन्छ । खासगरी बच्चाहरू पेटमा केही समस्या भएमा रुने गर्छन् ।
समयमा सुई लगाउनुहोस्
बच्चालाई सही समयमा सबै प्रकारका सुई लगाउनुपर्छ । जन्मपछि कहिले कुन सुई लगाउनुपर्छ त्यसको जानकारी राम्रोसँग राख्नुपर्छ । बच्चलाई समयअनुसार सुई लगाउनु उत्तम हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।