नेपालगञ्ज– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने बताएका छन् । आज नेपालगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले विधेयकबारे धेरै नकारात्मक कुरा बाहिर आएकाले सबैलाई मान्य हुने गरी परिमार्जन गर्नुपर्ने बताए ।
‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गर्नुहुँदैन,’ वरिष्ठ नेता नेपालले भने, ‘विवादास्पद रुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ ।’
छलफल र सुझावसहित विधेयक संशोधन गर्नुपर्ने नेता नेपालको धारणा छ । प्रेस स्वतन्त्रमा कहीँकतैबाट अङ्कुश लगाउने काम राम्रो होइन भन्दै सत्तारुढ दलका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले यसतर्फ सरकारले ध्यान दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।