[भेनेजुएला] पुलिस लकअपमा झडप, २९ थुनुवा मारिए

काराकास– पुलिस लकअपमा झडप हुँदा भेनेजुएलामा २९ थुनुवाको ज्यान गएको छ । १९ प्रहरी घाइते छन् । 

शुक्रबार एकारिगुआ सहरको एक पुलिस लकअपमा थुनुवाहरुले भाग्ने प्रयास गर्दा दुई गुटबीच झगडा भएको राज्यका सार्वजनिक सुरक्षा सचिव ओस्कर वेलेरोले बताएका छन् । प्रहरीले झगडा गर्न र भाग्नबाट रोक्न खोज्दा उनीहरु प्रहरीकै विरुद्ध खनिएपछि भएको झडपमा २९ थुनुवा मारिएको मिडियासँगको बयानमा उनले बताए । 

थुनुवाहरुले प्रहरीमाथि ३ वटा ग्रिनेड प्रहार गरेको वेलेरोले दाबी गरे । जसमा, १९ प्रहरी अधिकारी घाइते भएको उनको दाबी छ । 

एकारिगुआको लकअपमा अहिले ३५० भन्दा बढी थुनुवा ट्रायलको पर्खाइमा छन् । 

स्वतन्त्र वकालत समूह द भेनेजुएलन प्रिजन्स अब्जर्भेटरी (ओभिपी) ले भने देशका ३० जेलमा पुराना कैदीको भिड, भ्रष्टाचार र हिंसाका लागि आठ सालअघि बनाइएको न्याय र सेवा सुधार मन्त्रालयलाई दोषी ठहर्याएको छ । 

ओभिपीले ट्विटरमा लेखेको छ, ‘एकारिगुआमा जे भयो, त्यो एक सामूहिक हत्या हो ।’ 



अर्को एक गैरसरकारी संस्थाले पनि झडपमा प्रहरी प्रशासनलाई नै दोषी देखाएको छ । थुनुवाहरुले सुविधाको माग गर्दै प्रदर्शन गरिरहेका वेला प्रहरीले हस्तक्षेप गर्दा झडप भएको उसले बताएको छ । 

भेनेजुएलाका जेलहरुमा क्षमताभन्दा निकै बढी कैदी राखिएको राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाहरुले बताउँदै आएका छन् । पछिल्लो दशक जेलमा भएका हिंसामा सयौँ केदीको ज्यान गइसकेको छ । 



  • प्रकाशित मिति : जेठ ११, २०७६ शनिबार १८:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया