[भारत] राहुलले गरे राजीनामा प्रस्ताव, कांग्रेस नेताहरुले भने, ‘पार्टीलाई तपाईंको आवश्यकता छ’

नयाँ दिल्ली– लोकसभा निर्वाचनमा भारी असफलतापछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरे । तर, कांग्रेस कार्यकारिणी समितिले उनको प्रस्ताव स्विकारेन । 

निर्वाचन परिणमपछि आज बसेको कार्यकारिणी समिति बैठकमा राहुलले राजीनामाको प्रस्ताव राख्दा नेताहरुले ‘कांग्रेसलाई तपाईंको आवश्यकता छ’ भन्दै अस्वीकार गरेको भारतीय मिडियाहरुले जनाएका छन् । 

सन् २०१४ को निर्वाचनमा भोगेको नमीठो नतिजालाई उल्ट्याउने प्रयत्नमा यसपटक राहुल गान्धी दिलोज्यानले लागेका थिए । सके सरकार बनाउने, नसके पनि भाजपा नेतृत्वको सत्तारुढ गठबन्धन एनडिएलाई बहुमतबाट रोक्ने उनको योजना थियो । तर, परिणाम ठीक विपरीत भइदियो । भाजपाले २०१४ भन्दा पनि राम्रो प्रदर्शन गर्दै गठबन्धनको सहायता लिनै नपर्नेगरी एक्लै बहुमत ल्यायो ।

भाजपाले ३०३ सिट जित्दा राहुलको दल कांग्रेस ५२ सिटमा खुम्चियो । राहुल स्वयं गान्धी परिवारको खानदानी सिट अमेठीबाट पराजित भए । गान्धी परिवारको दशकौँको विरासतसमेत उनले जोगाउन सकेनन् । 

मतपरिणाम सार्वजनिक भएकै दिन (बिहीबार) राहुलले कांग्रेस अध्यक्षबाट राजीनामा गर्ने सोच बनाएको समाचार आएको थियो । आफ्नी आमा युपिए अध्यक्ष सोनिया गान्धीसामु उनले राजीनामाको प्रस्ताव गरेको भारतीय मिडियाहरुले बताएका थिए । 





  • प्रकाशित मिति : जेठ ११, २०७६ शनिबार १८:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया