अमेठीमा भाजपा नेताकाे गाेली हानी हत्या

भारतकाे उत्तरप्रदेशकाे गौरीगंज क्षेककाे बरौलिया गाउँका पूर्वप्रधान सुरेन्द्र सिंहकाे शनिबार राति अज्ञात समूहले गाेली हानी हत्या गरेकाे छ । उनी नवनिर्वाचित सांसद स्मृति इरानीसँग निकट थिए ।

गाेली लागेर घाइते भएका सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । 

सिंहले स्मृतिलाई विजयी बनाउन ठूलाे भूमिका खेलेका थिए । प्रहरीले हत्याकाे पछाडि पारिवारिक कारण हुन सक्ने आशंका गरेकाे छ । र हत्यामा संलग्न भएकाे आशंकामा केही व्यक्तिलाई हिरासतमा लिएकाे छ ।

अमेठी क्षेत्रबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए। २००४ पछि राहुल त्यहाँबाट सांसद बनेका थिए तर याे लाेकसभा चुनावमा भारतीय जनता पार्टीकी स्मृति इरानीसँग राहुल पराजित भएका छन् । 

 





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १०:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया