काठमाडौं – आफ्ना कारणले अन्य व्यवसायिक उडान प्रभावित भएकाे भन्दै मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्कोले राजीनामा दिएकी छन् । आफू सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपछि उनले पदबाट राजिनामा दिएको राेयटर्सले जनाएको छ।
शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि व्यापक आलोचना भएको थियो। सरकारी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु, ट्विटरमा उनले भनेकी छन्।
La transformación de México comienza por la convicción personal y la congruencia de nuestros actos. Por eso, he presentado mi renuncia al Presidente López Obrador. Agradezco la oportunidad de servir a México y lo seguiré haciendo desde otras trincheras.
— Josefa Gonzalez Blanco Ortiz Mena (@Josefa_GBOM) May 25, 2019
२०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेको समाचारमा जनाइएको छ।
उनी एक हप्ताभित्रै राजिनामा दिने दोस्रो मन्त्री हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।