उत्तरी पेरुमा आठ म्याग्निच्युडको भूकम्प

पेरु– उत्तरी पेरुमा आठ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । 

प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पका कारण सुनामीको खतरा नरहेको बताएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो ।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । पेरुको राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १५:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया