एजेन्सी– निर्वाचनमा पार्टीले पराजय भोगेपछि भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले हारको कारण आफ्नै पार्टीका वरिष्ठ नेताहरु भएको बताएका छन् । वरिष्ठ नेताहरुले पार्टी हितभन्दा आफू र आफ्नो नजिककाको हितलाई प्राथमिकता दिएका कारण कंग्रेस पराजित भएको उनको ठम्याइ छ ।
राहुलले कंग्रेसका वरिष्ठ नेताहरु कमलनाथ, अशोक गहलोत र पी चिदम्बरमलगायतलाई यस्तो आरोप लगाएका हुन् । उनीहरूले आफ्ना छोराहरुलाई पार्टीको हितभन्दा पनि माथि राखेको भन्दै गान्धीले असन्तुष्टि जनाएका हुन् ।
कंग्रेस नेता ज्योतिरादित्य सिंधियाले कांग्रेसमा स्थानीय स्तरमा सक्रिय र बलियो नेताको खाँचो रहेको बताएका थिए , त्यसको प्रतिक्रिया दिँदै राहुलले राजस्थान र मध्यप्रदेशजस्ता पार्टीकै सरकार रहेका राज्यमा लोकसभा चुनावमा कंग्रेस पराजित हुनुमा स्थानीय नेताको कमजोरी रहेको औँल्याए ।
मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको दबबाबका कारण उनीहरूलाई टिकट दिन आफू बाध्य भएको राहुलको स्पष्टीकरण थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।