राजधानीमा दिउँसै बम विस्फोट, १ काे मृत्यु दुई गम्भीर घाइते

काठमाडौं– काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार दुई शक्तिशाली बम विस्फोट भएको छ । एकै समयमा भएको विस्फोटमा परी एकजनाकाे मृत्यु  भएकाे छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

सुकेधारामा भएको विस्फोटमा परी गम्भीर घाइतेमध्ये एककाे मृत्यु भएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । प्रहरीका अनुसार सुकेधाराको फलामेपुल नजिकैको सैलुन पछाडि विस्फोट भएको थियाे । 

त्यसैगरी, अनामनगरमा रहेको आप्का हाउस पछाडिको घरमा भएको विस्फोटमा परी एकजना गम्भीर घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १७:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया