गणतन्त्र दिवसमा नेपाली कांग्रेसले तीनदिने कार्यक्रम गर्ने

काठमाडौं– गणतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसले तीनदिने विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

जसअनुसार जेठ १४ देखि १६ गतेसम्म प्रभातफेरी, अन्तरक्रियालगायत कार्यक्रम गरिने निर्णय भएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तक्रिया, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने तथा जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

काठमाडौंमा जेठ १५ गते बिहान ६ः३० बजे शान्ति वाटिकाबाट प्रभातफेरी सुरु गरी सहरका विभिन्न चोक परिक्रमा गरी पुनः शान्ति वाटिकामा कार्यक्रम समापन गरिने जनाइएको छ । साथै, सोही दिन साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १८:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया