राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि पनि रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा सहकारीको रकम अपचलन मुद्दा दायर हुनासाथ अर्याललाई कार्यवाहक सभापति तोकिएको थियो ।
सहकारीको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्न गर्न आदेश दिएपछि शुक्रबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो ।
रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज अपरान्ह २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएपछि चितवनको सभाबारे अन्योल बढेको थियो । पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए ।
यस्ता छन् अन्य निर्णयहरू
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।