शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिका–९, पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा उनीहरू घाइते भएका हुन् ।
घाइते हुनेमा भेरी नगरपालिका–२, रिसाङकी ४९ वर्षीया कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर बिहान डिस्चार्ज गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।