देशभर विभिन्न स्थानमा बम फेला

काठमाडौं–  काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज पनि विष्फोटक पदार्थ र शंकास्पद वस्तु भेटिएका छन् । 

भक्तपुरकाे मालपाेत कार्यालयनजिक साेमबार बिहान शंकास्पद वस्तु भेटिएकाे थियाे, यसलाई सुरक्षाकर्मीकाे टाेलीले निष्कृय पारेकाे छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ भेटिएकाे थियाे । नेपाली सेनाको टाेलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको प्रहरीले जनाएकाे छ । 

मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकनजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । यस्तै राैतहटकाे चन्द्रनिगाहपुरमा पनि कुकरबम भेटिएकाे छ । 

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन । 






  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ८:३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया