काठमाडौं– बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा दुई ट्रकमा आगजनी गरेका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा आगजनी गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै हेटौंडाको बुद्धचोकनजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।
विप्लवले आव्हान गरेकाे नेपाल बन्दका कारण देशभरकाे जनजीवन प्रभावित देखिएकाे छ भने आइतबार साँझदेखि काठमाडाैं उपत्यकासहित विभिन्न ठाउँमा भएका बम विस्फाेट र त्यसपछि विस्फाेटक पर्दाथहरु भेटिँदा सर्वसाधारण त्रसित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।