२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कारागारबाट रविको सन्देश- पालो सबैको आउँछ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध भएको बताएका छन् । कारागार चलान भएपछि उनले आफू निकट नेताहरूमार्फत् सन्देश पनि पठाएका छन् । 

रविले अदालतको आदेशको सम्मान गर्ने बताउँदै कानुनले दिएको अधिकार प्रयोग गर्ने भनेका छन् । तल्लो अदालतको आदेश विरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्ने रविको भनाई छ । 



त्यस्तै, कारागारमा जाँदै गर्दा उनले पालो सबैको आउने पनि बताएका छन् । ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

हेर्नुहोस् भिडियो 





  • प्रकाशित मिति : २५ चैत, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया