काठमाडौं– देशका विभिन्न ठाउँमा भएको विस्फोट र घटनाहरुबारे गृहमन्त्री रामबहादुर थापा बादलले सांसदमा जवाफ दिएका छन् ।
‘नेकपा विप्लव भनिने समूहसँग पनि वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याउने प्रयास सरकारले गरिरहेको छ,’ थापाले भने ।
थापाले सांसदमा पाँचथर घटनाबारे पनि सांसदमा जानकारी गराएका थिए । उनले घटना भएलगत्तै सुरक्षा टोली त्यहाँ पुगेको दाबी गरे । ‘अनुसन्धान कार्य सुरु भइसकेको छ,’ उनले भने, ‘यसमा हामी लागिरहेका छौँ ।’ उनले अनुसन्धान भइरहेको र अहिलेसम्म घटनामा एकजनाको मात्र संलग्नता भएको आधार मिलेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।