कोटेश्वर जाममा परेँ, संसद आइपुग्न १० मिनेट ढिलो भयोः महेश बस्नेत

काठमाडौं– सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विहानैदेखि बम विस्फोट भएका समाचार बाहिर आए । यी समाचार अएलगत्तै अन्य दिनको भन्दा काठमाडौंका सडकमा कम गाडी चलेका थिए । 

नेत्र विक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्द र विभिन्न घटनाहरुका कारण काठमाडौंमा सडकमा खासै धेरै गाडी चलेका छैनन् । 

तर, नेपाल कम्युनिस्ट पार्टीका संसद् महेश बस्नेतले कोटेश्वरमा जाममा परेकाले आफू संसदमा आउन १० मिनेट ढिलो भएको बताए । 

‘अरु दिनभन्दा बढी जाम रहेछ, आज १० मिनेट ढिलो आइपुगेँ,’ उनले भने, ‘विप्लव समूहले गरेको बन्दलाई जनताले बहिस्कार गरेको यसले प्रमाणित गर्छ ।’ 

त्यसपछि उनले विपक्षी दललाई कटाक्ष गर्न पनि भ्याए । उनले भने, ‘विपक्षीहरुले प्रतिबन्ध लगाएको कुरा पनि विरोध गर्नुहुन्छ, बम पड्काएको कुरा पनि विरोध गर्नुहुन्छ । यो दोधारे कुरा भयो, यस्तो नगर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।’

बस्नेतले पाँचथर घटनाबारे छानबिन गर्न गृहमन्त्रालयले विपक्षी दलका संसद्हरुको पनि सहयोग लिन सक्ने सुझाव समेत दिए ।





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १२:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया