काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले चार कम्पनी सेना बनाएको खुलासा गरेका छन् ।
सोमबार संसदमा बोल्दै गृहमन्त्री थापाले जनसरकारको रूपमा विप्लव समूहले जनपरिषद् गठन गरेको र जनसेनाको रूपमा चार कम्पनी निर्माण गरेको खुलासा गरेका हुन् ।
उनले भने, ‘जनसेनाको रूपमा ४ कम्पनी निर्माण गरेका छन् । नेकपा भन्ने नामको पार्टी पनि गठन गरेका छन् । सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । स्थानीय र प्रदेश संघको निर्वाचनमा पनि उनीहरूको गतिविधि देख्यौं ।’
आइतबार भएका वम विस्फोटका घटनाबारे संसदमा जानकारी दिँदै उनले अहिले विप्लवको मुल निसाना उपत्यका बनेको बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।