काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई वार्तामा आउनुको विकल्प नभएको बताएका छन् । मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सोमबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ यो अन्तिम वन्द हुनुपर्छ। उहाँहरू अन्ततः वार्तामा आउनुको विकल्प छैन । वन्द इत्यादि जुन उहाँहरूले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ।’
उनले सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेको बताउँदै छिट्टै परिणम निस्केपछि थाहा हुने बताए ।
विप्लव समूहले राजनीतिक उद्देश्य प्राप्त नगर्ने बताउँदै प्रचण्डले वम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त नहुने कुरा सही नभएको बताए । उनले भने, ‘वम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।