चौतर्फी आलोचनाका बाबजुद ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् । सरकारको असहमतिका बाबजुद राजदूत बेरीले गफगाफ सुरु गरेका हुन् ।

कार्यक्रमको पहिलो अंकमा राजदूत बेरीले नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका थिए । राजदूत बेरीले अमेरिकामा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सुरु गरेका हुन् ।

कार्यक्रममा नेपाली विद्यार्थी प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ? भनेर गरेकाे प्रश्नको जवाफमा राजदूत बेरीले यसबारे दूतावासका शिक्षासम्बन्धी सल्लाहकारलाई जानकारी दिन सुझाब दिए ।

अमेरिकी दूतावासले केही दिनअघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताएपछि यस्ताे कार्यक्रम कूटनीतिक मर्यादा विपरीत हुने भन्दै चौतर्फी आलोचना भएको थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १५:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया