२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

शुक्रबार सुनको चमक झनै तेज, बनायो नयाँ कीर्तिमान

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।


पछिल्ला केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।



बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज बिहीबारको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँ बढी हो । 

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रति तोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । 



अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार २०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



  • प्रकाशित मिति : २९ चैत, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया