१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

तीन ऐन पारित गरेर सकियो मधेस प्रदेश सभाको चौथो अधिवेशन

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ ।


यस्ता छन् चौथो अधिवेशनमा उपलब्धिहरू



प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरू पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेस पर्यटनको विकास र प्रवर्द्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

त्यस्तै चौथो अधिवेशनबाट चार वटा विधेयक छलफलका लागि समितिमा पठाइएको छ । प्रदेश बिउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नीति आयोग गठन तथा कार्य सञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र गाउँ सभा/नगर सभा/जिल्ला सभाको कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक लाई समितिमा पठाइएको जनाइएको छ ।



त्यस्तै, चौथो अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता प्रक्रियामा गएको छ भने मधेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

त्यस्तै चालु अधिवेशनमा प्रदेशसभामा पेस भएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ विवादित बनेपछि प्रदेशसभाबाट फिर्ता लिइएको थियो । हाल प्रदेश सभा बैठक अर्को सूचना नहुनजेलसम्मका लागि स्थगित रहेको छ । 



  • प्रकाशित मिति : ३१ चैत, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया