साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज आइतबार नेप्से परिसूचक ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा ओर्लियो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेकस ०.१५ अंक बढ्दा फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ।
नेप्से घटेपनि आइतबार कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५४ हजार ३६१ पटकको कारोबारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।