१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वडाध्यक्ष विजय धामीको ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीको स्वर रहेको नयाँ लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक भएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । 


गायक धामीकै स्वर रहेको यस गीतमा शब्द भने उनका दिवंगत दाइ सत्यराम धामीले लेखेका हुन् । गीतको रेकर्डिङ किशोरकुमार भण्डारीले गरेका हुन् ।



भावनात्मक पक्षमा गहिरो प्रभाव पार्ने गरी तयार पारिएको यो लोकदेउडाले स्रोतामा स्मृतिको भाव, वियोग र आत्मीयताको अनुभूति उजागर गर्छ । मौलिक स्वाद बोकेको गीतमा लोकदेउडा शैलीलाई आधुनिक स्वादसहित प्रस्तुत गरिएको छ ।

वडाध्यक्षसमेत रहेका धामीले यसअघि पनि सांस्कृतिक क्षेत्रमा सक्रियता देखाउँदै आएका छन् । यसपटक दिवंगत दाजुको रचनालाई स्वर दिएर उनले पारिवारिक भावनालाई साङ्गीतिक श्रद्धाञ्जलीस्वरूप प्रस्तुत गरेका छन् ।





  • प्रकाशित मिति : ३१ चैत, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया