२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

शिक्षकलाई छैन नयाँ वर्षको रौनक, सरकार ‘बिउँझाउन’ सडकमै सङ्घर्ष

आन्दोलनरत शिक्षकमा नयाँ वर्षको रौनक देखिएन । बरु उनीहरू आफ्ना सरकारलाई सुनाउन सडकमै छन् । शिक्षकहरूको आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।


सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवागमन अस्तव्यस्त भएको हो ।



आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी सञ्चालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जस कारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवागमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलनमा शिक्षकहरूले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् ।
उनीहरू देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौँ विद्यार्थी पढाइबाट वञ्चित भएका छन् भने काठमाडौंको सवारी आवागमन समेत प्रभावित बनेको छ ।



शिक्षक प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरू खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । 

 



 

  • प्रकाशित मिति : १ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया