पप सुपरस्टार केटी पेरी अब अन्तरिक्षको यात्रामा निस्कन तयार भएकी छन् । अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिन को न्यु शेपर्ड रकेटमा उनी सोमबार उडान भर्ने छिन् ।
यो उडानको विशेषता के भने, चालकदलमा समावेश सबै महिला छन्, जसमा बेजोसकी मङ्गेतर लरेन सान्चेज पनि छिन् । पृथ्वीको सतहबाट १०० किलोमिटर माथिसम्मको यो यात्रा पश्चिमी टेक्सासबाट बिहान ८:३० बजे प्रक्षेपण हुनेछ ।
उडान पूर्णरूपमा स्वचालित हुनेछ। क्याप्सुल रकेटबाट अलग भएपछि प्यारासुटको सहायतामा जमिनमा फर्काइनेछ । करिब १० मिनेटको यो यात्रा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कर्मन लाइनभन्दा माथिसम्म पुग्नेछ, जसलाई अन्तरिक्षको सीमा मानिन्छ ।
यस दौरान चालकदलले केही समय शून्य गुरुत्वाकर्षणको अनुभव पनि गर्नेछन्, जहाँ उनीहरूले बेल्ट खोलेर अन्तरिक्षमा तैरने अवसर पाउनेछन् ।
यो मिसन सन् १९६३ मा भ्यालेन्टिना तेरेस्कोभाले गरेको ऐतिहासिक उडानपछिको पहिलो महिला-केन्द्रित अन्तरिक्ष यात्रा हुनेछ । ब्लु ओरिजिन को यो ११औँ उप-कक्षीय चालक दल उडान हो, जसले लगातार अन्तरिक्ष पर्यटनलाई नयाँ मोड दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।