२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

युरोपेली सङ्घबाट प्यालेस्टिनी जनताका लागि १ अर्ब ६० करोड युरो आर्थिक सहायता घोषणा

युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न १ अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ ।


यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।



‘हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,’ युरोपेली सङ्घको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए । 

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली सङ्घले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो ।



यस सहयोग अन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पुर्‍याउनेछ ।

अर्कोतर्फ ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैङ्कमार्फत उपलब्ध गराइनेछ । यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको १ अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो ।  



  • प्रकाशित मिति : १ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया