२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

चर्किँदै शिक्षक आन्दोलन, शैक्षिक गतिविधिमा संलग्न नहुन महासंघको उर्दी

कांठमाडौं केन्द्रित शिक्षक आन्दोलन थप चर्किन थालेको छ । नेपाल शिक्षक महासंघले शैक्षिक गतिविधिमा संलग्न नहुन शिक्षकलाई उर्दी नै जारी गरेको छ । 


महासंघले आगामी वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकलाई अपिल गरेको हो । महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।



महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरूलाई आग्रह गर्दछौ ।’

उनले यो आन्दोलनलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् । उनले लेखेका छन्, ‘शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौँ ।’ 



महासंघको नेतृत्वमा विगत १३ वर्षदेखि काठमाडौं केन्द्रित गर्दै आइरहेका शिक्षकले आन्दोलनका कार्यक्रम थप चर्काउने बताउँदै आएका छन् । 



 

  • प्रकाशित मिति : २ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया