ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

काठमाडौं– ब्राजिलका विभिन्न जेलमा हिंसा भड्किँदा ४२ जना कैदीकाे मृत्यु भएकाे छ । उत्तरी ब्राजिलकाे अमेजन राज्यकाे राजधानी मनाेसमा घटना भएकाे बीबीसीले जनाएकाे छ । 

सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतबार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो। उक्त झडपमा १५ जना भन्दा बढीकाे मृत्यु भएकाे थियाे । अन्य कैदीहरु अक्सिजनकाे अभावमा श्वासप्रश्वासमा कठिनाई हुँदा मृत्यु भएकाे हाे । 

अन्य कैदीहरुकाे उपचारका लागि एउटा कार्यदल पठाइएको अधिकारीहरूले बताएका छन्।

ब्राजिलमा याेभन्दा पहिला २०१७ काे जनवरीमा पनि कैदीले बिद्राेह गर्दा ५६ जनाकाे मृत्यु भएकाे थियाे । 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार ८:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया