२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

बोइङ सम्झौताबाट चीन पछि हटेपछि नयाँ तरङ्ग, ट्रम्प भन्छन्- कर वृद्धिबारे निर्णय अब चीनको हातमा पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताएका छन् । 


‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।



‘चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,’ उनले भनेका छन् । 

ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो । ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो । 





  • प्रकाशित मिति : ३ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया