दुई सातादेखि शिक्षकको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ । बुधबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षकले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।


















फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।