२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

चर्काउँदै शिक्षकले आन्दोलन [तस्बिरहरू]

शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ ।


जसको प्रभाव उपत्यकासहित देशभरका सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ । 



१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद् बैठक आव्हान गरे पनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् । 



मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।  



 

  • प्रकाशित मिति : ४ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया