नेपालका शैक्षिक परामर्श व्यवसायी सङ्घ र सेवामुखी व्यवसायी कम्पनीलाई एउटै छाताभित्र एकताबद्ध गरी व्यावसायिक हकहित संरक्षण तथा प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गत १६ चैतमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घको घोषणा गरियो ।
नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सत्य तथ्य परामर्श सेवा दिने र यसै क्षेत्रमा आफ्नो जवानी र लगानी खर्च गरेका व्यवसायीको लगानीलाई सुरक्षित बनाउने उद्देश्य पनि महासङ्घले बोकेको छ ।
सबै व्यवसायीलाई एउटै छातामुनि ल्याएर सबैका समस्या समाधान गर्न, शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, भरपर्दो, मर्यादित र व्यवस्थित बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका शैक्षिक व्यवसायी सङ्घ, कूटनीतिक नियोग, विभिन्न दूतावास तथा सङ्घ संस्थासँग समन्वयकारी भूमिका निर्वाह गरी व्यवसाय प्रवर्द्धनमा महासङ्घले टेवा पुर्याउने विश्वास लिइएको छ ।
विदेशका विद्यार्थीलाई धर्म, संस्कृति तथा पर्यटन, कृषि र स्वास्थ्य लगायत विषय अध्ययन गर्न नेपालमा ल्याउन पहल गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य (शैक्षिक हब) का रूपमा स्थापना गर्न पहल गर्नुका साथै विद्यार्थीलाई स्वदेशमा फर्कने वातावरण निर्माण गर्न पहलकदमी गर्ने काम पनि महासङ्घले गर्न जनाइएको छ ।
नेपाली विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा प्रणाली तथा अवसरको बारेमा जानकारी दिन सूचनामूलक सेमिनार गोष्ठी तथा शैक्षिक मेला प्रदर्शनी आयोजना गर्ने, सङ्घ, प्रदेश एवं स्थानीय सरकारसँग समन्वय गरी शैक्षिक परामर्श क्षेत्रको व्यवसायीमुखी कानुन निर्माण गर्नका लागि पहल गर्नुका लागि आवश्यक आचारसंहिता निर्माण गरी लागू गर्ने लक्ष्य पनि महासङ्घले राखेको छ ।
शैक्षिक परामर्श क्षेत्रसँग संलग्न कुनै पनि व्यावसायिक एवं व्यापार सम्बन्धी विवाद, असहमति तथा असमझदारीलाई पारस्परिक संवाद तथा छलफल र वार्तालापको माध्यमबाट समाधान गर्ने काममा पनि महासङ्घ सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ । यी र यस्तै जिम्मेवारीसहित घोषणा भएको महासङ्घको नेतृत्व शैक्षिक परामर्श व्यवसायी राजेन्द्र बरालले लिएका छन् ।
अनौपचारिकरूपमा एक वर्षअघि नै बनेको महासङ्घले १६ चैतमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा तथा घोषणा सभा सम्पन्न गरेको थियो । इक्यान, आइरिन्, नायर, जाल्सान, केक्यान,इपीक्यान, नेपाल युरोप बिजेनश एसोसिएसन, एक्यानसहित ८ वटा संघ मिलेर महासङ्घ बनाइएको हो ।
उक्त सभाले नै बरालको अध्यक्षतामा ५५ सदस्य कार्यसमिति चयन गरेको थियो । अब यो कार्यसमितिले आगामी तीन वर्षसम्म महासङ्घलाई सञ्चालन तथा व्यवस्थापन गर्ने छ । अहिले शैक्षिक परामर्श क्षेत्रमा विभिन्न समस्या रहेका छन् । अस्तव्यस्त अवस्थामा रहेको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने चुनौती रहेका पनि छन् भने यो क्षेत्रसँग सम्बन्धित ऐन, कानुन तथा नीति निर्माणको पनि आवश्यकता छ ।
शैक्षिक परामर्श क्षेत्रमा अवैधरूपमा विदेशी लगानी हाबी भइरहेको अवस्थामा यो क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा सहज बनाउन महासङ्घले के कस्ता योजना बनाएको छ ? महासङ्घले यस क्षेत्रसँग जोडिएका सङ्घसंस्थालाई कसरी साथमा लिएर काम गर्छ तथा महासङ्घले शैक्षिक परामर्श क्षेत्रलाई सुधार गर्न के कस्ता योजना निर्माण गरिरहेको छ ? भन्नेबारे महासङ्घका अध्यक्ष राजेन्द्र बरालसँग फरकधार लागि मिलन दाहालले कुराकानी गरेका छन् :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।