१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

किन पुगे सातै प्रदेशका उपसभामुख धनुषा ?

धनुषामा सात वटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ । बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरूमा छलफल सुरु भएको हो ।


तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिले मुलुकमा पुर्नउत्थानवादी शक्तिहरू फेरि क्रियाशील हुन थालेको भन्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।



उनले संविधान गतिशील दस्ताबेज भएका कारणले समय अनुकूल परिमार्जन गरेर लैजानुपर्ने बताए । त्यसैगरि मधेस प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंहले संघीयता आएपछि विकासहरू धेरै भएको तर संघीयता समाप्त पार्ने तत्त्वहरू क्रियाशील रहेको र यसबाट सचेत हुनुपर्ने आवश्यकता रहेको बताए । 

उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अप्सरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित छन् । 



यस्तै, यस सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायतको उपस्थिति रहेको छ ।



  • प्रकाशित मिति : ४ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया